एका अर्कालाई ठेल्दै मौसम पनि आए गतवर्ष झैँ चरक्क गर्मीसँगै आयो महिना जुन खुसीको एकदुई बुँदा पानी लिएर आशाका थोपाहरूले उसको रुखो धरतीलाई अभिषेक गर्छन् ’एन्टी चाइल्ड लेवर डे’ को सूत्रले एक फाँको हाँसो छरिदिन्छ ममताको अभावले फुस्रिएका उसका अधरमा शिशुले ’व्यालेन्स डायट’ सँगसँगै ’ममता’को प्रटीन–भिटामिन सेवन गरेमात्रै फस्टाउँछ डायट त उसको राम्रो छ ’एकथाल खान्छ’ भनेर भन्थे उसका मालिक हो,, मैले पनि देखेकी उसले एकथाल खाएको तर भातै मात्रै अधिकार पनि उसले भोग गरेकै छ खाने, लाउने, बस्ने, सुत्ने र वर्षमा चारदिन विद्यालय हाँजिर हुने परीक्षा दिन परीक्षा त उसले जन्मिएका दिनदेखि नै दियो जब ऊ जननीबाटै बेचियो संविधानको सबै अधिकार उसले पाएको छ मात्रै ममतारूपी मौलिक अधिकार गुमाएको छ जुन उसको भाग्यको संविधानमा लेखिएको छैन
