IMG-LOGO

लुकिङ्ग ग्लास

 मंगल, पौष २३, २०८१  – सिजन श्रेष्ठ

तिमीलाई लाग्यो– लुकिङ ग्लासमा तिमीले नदेख्ने गरी छेलिएर म तिमीलाई हेरिरहेको छु ।   मलाई लाग्यो– लुकिङ ग्लासमा मेरो आँखा छलेर तिमी मलाई हेरिरहेकी छ्यौ ।   लुकिङ ग्लासमा हेरिरहेको न तिमीले मलाई थियो न मैले तिमीलाई थियो ।   खासमा हेरिरहेको लुकिङ ग्लासले आफूमा हामीलाई थियो ।   यत्ति कुरा नबुझेर हामीले एकअर्कालाई एकआपसमा समर्पित गरिदियौं– सधैँ सधैँका लागि ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्