IMG-LOGO

मैले पुण्य मन पराएँ या पाप मन पराएँ

 मंगल, मंसिर १३, २०७९  राममान तृषित

मैले पुण्य मन पराएँ या पाप मन पराएँ जे होस मैले तिमीलाई चुपचाप मनपराएँ   जब फूल र काँढा दुईटा सँगै रमाउन सक्छ जब दागको रंगमा पनि टिका समाउन सक्छ नसोध मैले वरदान या श्राप मन पराएँ जे होस मैले तिमीलाई चुपचाप मन पराएँ   तिमीसंग लिनु पनि छ तिमीलाई दिनु पनि छ हाम्रो हिसाब–किताबमा सच्याउनु पनि छ यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ जे होस मैले तिमीलाई चुपचाप मन पराएँ  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्