IMG-LOGO

केही चोटले ज्ञानी हुन्छ

 मंगल, असोज २५, २०७९  गोपाल योन्जन

केही चोटले ज्ञानी हुन्छ धेरै चोटले बानी हुन्छ मेरो मन भाँच या साँच मलाई अब जे गरे हुन्छ   मान्छेले गर्ने कर्महरू केले असल खराब हुन्छ आफ्नो अपजसे हातहरूले जे गर्यो त्यही खराब हुन्छ डढेको मन बाँकी राख सबै एक छिनमा खाक हुन्छ मेरो मन भाँच या साँच मलाई अब जे गरे हुन्छ   न त घृणाले आतिन्छु न त मायाले मातिन्छु मलाई दोष देऊ या देऊ उपहार कालो रङ्गमा जे पोते हुन्छ केको बत्ती नदेख्नेलाई मेरो दिनरात समान हुन्छ मेरो मन भाँच या साँच मलाई अब जे गरे हुन्छ  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्