IMG-LOGO

विश्राम

 बुध, असोज ५, २०७९  उमानाथ शर्मा पोख्रेल

    यो सुक्ष्म अल्प सुविचारछ सूत्र रुप । फैलाउ भाष्य मनमा अरु वाक्य खूप ।। जानौ भनी मन दिई जति बात खोज । झन् झन् उती उति ञहाँ मिलने छ मोज ।।२८५।।   हे सभ्य मित्र ! अतिछन् पुनरुक्ति दोष । देखिन्न भाव गुरुता, कविता–विशेष ।। जानी न जानी वलले यति बात लेखें । विश्रान्ति नै कलमको अब योग्य देखें ।।२८६।।   श्रृङ्गार, हास्य इ दुई रस छन् प्रधान । भन्ने सुनिन्छ, उनमातमँछू बजान ।। वास्ता अनी किन गरुन् र भलादमीत । यो संझदा भइरहेंछु अतीव भीत ।।२८७।।   दुष्कार्य–सक्त गरला अपमान खाली । निन्दा गरोइन अवश्य–सुवुद्धि शाली ।। दुर्मास–लोलुप–मुगादन–हेय–रत्न । वन्दैन विज्ञ जनको कहिल्यै सपत्न ।।२८८  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्