IMG-LOGO

पत्थरको ईश्वर

 मंगल, सावन १७, २०७९             केशव श्रेष्ठ

मागेको थिएँ बरदान वा आशिष पत्थरको ईश्वरलाई दुई हात जोडी नमन गर्दै मनको अन्तस्करण बाट साउती मार्दै देख्दा चकमन्न चुपचाप म भित्र भित्रै मनोवादको तरंगहरू धेरै पोंखे दुख कष्ट अनि पिडाहरु जुनिभरका व्यवधानहरु अनि त्यस्तै कयौं अपुरो चाहनाहरु ।   आए गए देवालयमा भक्तहरू ढोग्दै पुज्दै आस्थाका पुजारीहरू तर देखिन चलमल आलिशान मुर्ति पत्थरको बिराजमान अबिर माला र फूलले सिंगारिएको दियोको बत्तिले आभा छरिएका मुहार गम्भीर हो कि मुस्कुराएको यकिन गर्नै कठिन पत्थरको ईश्वरले सुन्यो या सुनेन मेरो मलिन अनि तुच्छ आव्हान कुनै प्रतिक्रिया जनाएन उसले सिर्फ नियालिरह्यो एकटकले मान्छे बोल्यो अहँ ! ढुंगा बोलेन ।।                 ✍️ः  केशव श्रेष्ठ                       बनेपा - ७

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्