IMG-LOGO

समय

 मंगल, असार १४, २०७९  ज्ञान उदास

सानो हातमा घडी ठूलो हातमा घडी समयको ज्ञान दिने सबैको हातमा घडी ।   सानो होस् ठूलो होस् घडीभित्र सूई घुम्छ सेकेन्ड अनि मिनेट हुँदै अर्कोले घण्टाको सङ्केत दिन्छ ।   साठी सेकेन्डको एक मिनेट साठी मिनेटको एक घण्टा यसरी नै उड्दै जान्छ हाम्रो जीवन–चङ्गा ।   चौबीस घण्टाको एकदिन सात दिनको एक हप्ता जानी राखौँ बुझि राखौँ नत्र पछि परिन्छ मित्र ।   तीस दिनको एक महिना बाह्र महिनाको एक वर्ष जीवन छँदै बाँड्न सिकौँ हाम्रो दुःख र हाम्रो हर्ष ।   त्यसैले सम्झ भाइबहिनी समय त्यसै पाइँदैन आजको काम भोलि नभनौँ बगेको खोला र्फकँदैन ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्