IMG-LOGO

अर्को चिठ्ठी पठाउनुहोला

 मंगल, बैशाख १३, २०७९  केवलपुरे किसान

कविता अर्को चिठ्ठी पठाउनुहोला बिरहमा झलझली हेर्नलाई   जागिर खान जानुभयो घरबार छोडी छुट्टिएर बस्नुपर्यो हामी दुवै जोडी मरे–जिउँदो थाहा छैन भन्थे सधैंभरि यसैपाला खबर पाएँ भेटेजस्तै गरी अर्को चिठ्ठी पठाउनुहोला बिरहमा झलझली हेर्नलाई   तपाईंले कमाएका ती ढुङ्ग्री र बाला त्यै बेचेर दशैं मान्यौं नराम्रो छ चाला स्याँस्याँ गर्छन् केटाकेटी लाग्ने रुघाखोकी यो सालको तुषाराले सिध्याइदिने हो कि? दिउँसो लाको छिट्को टालो राति पनि फुकाल्छु ओढ्नलाई यतातिर सन्चै छौं हामी कैले केही नहोस् है हजुरलाई

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्