IMG-LOGO

विडम्बना

 मंगल, माघ १८, २०७८  क्षेत्रप्रताप अधिकारी

धेरै नदीहरू जन्माएर तिर्खाएको देश खडेरीले हिर्काएको देश बाढीले तानेको पहिरोले हानेको अभागी देश संसारमा कतै छ भने त्यही विडम्बना हो मेरो देश ।   धेरै जलाधारमा धेरै बिजुली बगाएर लोडसेडिङ्मा सुतिरहेको एउटा अन्धकार देश जगत्मा कतै छ भने त्यही अँध्यारो हो मेरो देश ।   शिरमा हिमाल उठाएर छातीमा पहाड थुम्थुम्याएर काखमा तराई सुताएर होचिएको सुकेको र, भोकाएको असफल देश धरतीमा कतै छ भने त्यही दुर्गति हो मेरो देश ।   जहाँ सुन्दर रारा छ र, रारामुन्तिर सारा अभावहरू व्याप्त छन् अनि जहाँ बुद्ध छ बुद्धको बस्तीमा युद्ध छ र, आचारविचार लाचार छन् भ्रष्टाचार सदाचार भा’छ त्यही पीडा हो मेरो देश ।   जहाँ लोकले हराएको मान्छे नेता हुन्छन् मन्त्री बन्छन् र, लोकतन्त्रको कुरा गर्छन् अनि, जहाँ संविधान कहिल्यै बन्दैन र, बन्दैन कोही पनि भन्दैन त्यही दुर्भाग्य हो मेरो देश ।     जिल्लाका २ लाख ४७ हजारले लगाए खोप मोर्डना र बुस्टर खोपको अभाव कायमै

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्