IMG-LOGO

भोका र नाङ्गा उठ

 मंगल, माघ ११, २०७८  युद्धप्रसाद मिश्र

कविता ए कंकाल दरीद्रता बीच डुबेका जाग भाइ अब ए लाखौं झुपडी भई उठ लडका देशबासी सब तोडी दुर्ग दिने महाप्रलयको दुधर्ष आँधी उठ व्यक्तिवाद समूल नष्ट गरने ब्याधी उपाधी उठ   खोक्रा पेट अनाज भेट नहुने भोका र नांगा उठ कोदाला उठ बञ्चरा र हँसिया नाम्ला र डोका उठ साहूका करकापका कठिनता भोग्नेहरू हो उठ ताकेका जिमिदारले युवतीका लोग्नेहरू हो उठ   बाँच्ने साधन अन्नपात लुटिएका ए दिवाला उठ शोषेका अरुले रगत् र पसिना हड्डी र छाला उठ हुर्मत छोप्न परेर केवल भिरेक जिर्ण टाला उठ रित्ता वर्तन जाग जाग चुहने नङ्ला र डाला उठ   पाशो मस्किन राजनैतिक गई मर्नेहरू हो उठ आर्थिक संकटले जुनी तल तलै झर्नेहरू हो उठ गर्नु साग र सिस्नुबाट जिविका पर्नेहरू हो उठ शत्रुका हितमा शरीर पसिना गर्नेहरू हो उठ

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्