कविता गर्छिन् पुकार आमा रोई कराई जोडले हैन मेरो भन्छिन् सन्तान थरीथरीका कोही धनी असाध्य कोही गरीब माग्ने सक्दिनँ देख्न भन्छिन् सन्तान थरीथरीका नाङ्गो छ आङ कहीँ कहीँ पोसाक मखमल सक्दिनँ हेर्न भन्छिन् सन्तान थरीथरीका सुनको थाल काहीँ, काहीँ छ पात खाली सक्दिनँ सुन्न भन्छिन् सन्तान थरीथरीका भन्छन् महल कसैका काहीँ छ चुथ्रो झुप्रो सक्दिनँ सहन भन्छिन् सन्तान थरीथरीका
