नमस्कार, अभिवादन यत्रतत्र गुञ्जदा पुष्पगुच्छा, फूल मालाले झपक्क सजिंदा मन न हो अलौकिक र उद्दीप हुने गर्छ यसैबाट आफैलाई एक महान सम्झन् पुग्छ । सरूवा बढुवा, ठेक्का पट्टा र मुद्दा मामला मिलाई दिदां सबैको विश्वास अनी आशा भरोसाको केन्द्र बन्दा शक्तीकेन्द्र आफ्नो दाउपेच ईसारामा चलुन्जेल सबै निकाय क्षेत्रहरू आफूलाई अनुकुल हुंउन्जेल । खाजा पानी पकेट खर्च कार्यकर्ता सबै बाटो खर्च रक्सी भूटन यसैमा आफ्ना सबै मर्न मार्न सधै तयार युवाशक्ती वरीपरी सर्वे सर्वा सबै मैं हूं मनभित्र अहंकार भरी । गणेशहरू सबैलाई सत्यवादी देख्दै गएं जे भन्छन जे ल्याउंछन् सबै कार्य गर्दैगएं जे दिन्छन जे ल्याउछन् सबैचिज सोह्रोर्दै गएं दायित्वको कुरै छोडौं अतितलाई विर्सीगएं । आफ्नो घरका कोठा चोटा सबै साना लाग्दै गएं खानपान उठबस फेरिएर आफू पुरा अर्कै भए छोरा छोरी घर परिवार आधुनिकतामा रम्दैगए आधुनिक बन्ने होड्मा कहा टाढा पुग्दै गएं । परिवारको खुसीलाई सबथोक ठान्दै गएं यिनैलाई तृप्त पार्न आफैलाई बेच्दै गएं तन मनबाटै विर्सिदिए सार्वभौंम् जनता फेरि पनि जपे नाम सधैं भरी देश र जनता । शक्ती र अहंमताले आफूकेन्द्रीत बन्न पुग्दा धरातल र आदर्श धेरै पहिल्यै बिर्सन पुग्दा सर्वसाधारण जनबाट धेरै टाढा पुगीएछ माया गर्ने आफ्नाबाट ओझेलमा परिएछ । कर्तव्यलाई विर्सेर चरम स्वार्थमा डुब्दै गएं कोठा चोटा वरिपरी सबै सुनसान हुंदै आए गणेश अनी आफ्ना भन्ने टाढाटाढा हुंदै गए एकै क्षणमा सबैबाट त्यागिएर एक्लो भए । माया गर्ने साथिसंगी आफैले विर्सेपछि गणेशहरू आज फेरी अर्कैका भएपछी नाम जोड्नै छाडिदिए छोरा छोरी परिवारले के थिएं, के के भए सपना वन्यो परिवेशले ।
