IMG-LOGO

आँसु उभो बग्दो हो

 मंगल, चैत २२, २०७८  कालुसिंह रनपहोली

कति आनन्द हुने थियो यदि आँसु उँभो बग्दो हो । आँसु झरेर छातीलाई मात्र नभिजाएर मस्तिष्कलाई नै भिजाउने थियो ।   आँसु उँभोतिर बग्दो हो त सायद मान्छेको विवेकका कठोर बन्जर भूमिहरू कोमल, गिला र खुकुला हुन्थे ।   आँसु उँभोतिर बग्दो हो त हिरोसिमामा बम खस्ने थिएन नागासाकी पड्कने थिएन । गोड्से र जोन बुथ फ्याँकेर पिस्तोल गर्थे अङ्कमाल गान्धी र लिङ्कनसित । क्लड इथर्ली आकाशबाट फूल बर्साउँथे । लिभरपुल जहाजहरूमा सोमालियाका केटाकेटीहरू हालेर घुमाउन जान्थे लिएर ।   यदि आँसु उँभोतिर बग्दो हो मान्छेका देशहरूमा झ्यालखानाहरू बनिने थिएनन् झ्यालखानाहरूमाथि फलैँचाहरू बनाएर बस्थे मानिसहरू हावा खान ।   यदि आँसु उँभो तिर बग्दो हो मान्छे ढुङ्गाका आकाश हुने थिएनन् मान्छे फलामका ग्रिल हुने थिएनन् मान्छेहरू खोलाहरू हुन्थे छालहरूसित अङ्कमाल गर्दै हिँड्थे ।   आँसुतर उँभो बग्न सकेको छैन । आँसु तर उँभो बग्न सकेको छैन ।।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्